तोलामा २ हजार ९ सयले घट्यो सुनको मूल्य – Sagarmathapana:: Online News Portal

तोलामा २ हजार ९ सयले घट्यो सुनको मूल्य

   २०८२ कार्तिक ११ गते  

काठमाडौं-नेपाली बजारमा आज सुनको मूल्यमा ठूलाे गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले घटेको हो।

महासंघका अनुसार सोमबार प्रति तोला सुनको मूल्य २ लाख ३९ हजार ९ सय रुपैयाँ थियो। मंगलबार घटेर यो मूल्य २ लाख ३७ हजार रुपैयाँमा झरेको छ।

त्यस्तै, १० ग्राम सुनको मूल्य आज २ लाख ३ हजार १९० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

सुनसँगै चाँदीको मूल्यमा पनि गिरावट आएको छ। सोमबार तोलामा २ हजार ९८० रुपैयाँमा कारोबार भएको चाँदी आज घटेर २ हजार ९२० रुपैयाँमा पुगेको छ।

सुन–चाँदीको मूल्यमा आएको निरन्तर उतार–चढावको कारण अन्तर्राष्ट्रिय बजारको प्रभाव र स्थानीय माग–आपूर्तिलाई मानिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै