परिवर्तन’को टिजर सार्वजनिक,देशभक्त युवाको कथामा केन्द्रित चलचित्र – Sagarmathapana:: Online News Portal

परिवर्तन’को टिजर सार्वजनिक,देशभक्त युवाको कथामा केन्द्रित चलचित्र

   २०८२ कार्तिक ११ गते  

काठमाडौं।नेपाली चलचित्र ‘परिवर्तन’ को टिजर  काठमाडौंमा एक विशेष समारोहबीच सार्वजनिक गरिएको छ। छठ पर्वको अवसर पारेर निर्माण टिमले टिजर रिलिज गरेको हो। चलचित्र आगामी माघ ९ गते देखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

विजय केरुङको निर्देशनमा बनेको यो चलचित्रमा सुशिल श्रेष्ठ, अञ्जना बराईली, करिश्मा मानन्धर, बुद्धि तामाङ, सुभाष मेचे, सरोज खनाल, हेमन्त बुढाथोकी, पुकार भट्टराई, शंकर श्रेष्ठ, गौतम तिवारी, यमनाथ खरेल, शिरु बिष्ट, आशा पौडेल र आयुषा कार्की लगायतका कलाकारको अभिनय रहेको छ।

प्राविधिक कारण निर्देशक विजय केरुङ समारोहमा सहभागी हुन नसके पनि उनले टिजरमार्फत चलचित्रको मूल सन्देश दर्शकसमक्ष पुर्‍याउन खोजिएको बताए। उनका अनुसार, ‘परिवर्तन’ युवाको विद्रोही सोच, देशप्रतिको जिम्मेवारी र सुधारको चाहनालाई उजागर गर्ने चलचित्र हो।

टिजर एक्सन प्रधान शैलीमा निर्माण गरिएको छ, जसले चलचित्रको जनरा स्पष्ट पार्छ। फिल्मले देशमा फैलिएको भ्रष्टाचार, बेथिति, अन्याय र अत्याचारको विरोधमा युवाले अग्रसर हुनुपर्ने सन्देश दिन खोजेको देखिन्छ।

कार्यक्रममा बोल्दै फिल्मका निर्माता तथा कथा लेखक दिपक शिवाकोटी ले ‘परिवर्तन’ देशभक्त युवाको आवाजलाई पर्दामा उतार्ने प्रयास भएको बताए। उनले भने,

“अबको परिवर्तन युवाबाटै सम्भव छ, यही सन्देश बोकेको हाम्रो फिल्मले समाजमा चेतना जगाउनेछ।”

चलचित्र शिवम अधिकारी को लेखनमा तयार भएको हो भने एस.डी. योगी को संगीत, श्री श्रेष्ठ को एक्सन निर्देशन, शिव ढकाल को छायांकन र बन्दे प्रसाद को सम्पादन रहेको छ।

चलचित्रको वितरण आर.आर. फिल्म्स ले गर्नेछ भने डिजिटल पार्टनर ओएसआर रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै