लन्डनमा सडक दुर्घटना-नेपाली विद्यार्थी युबिन तामाङको मृत्यु – Sagarmathapana:: Online News Portal

लन्डनमा सडक दुर्घटना-नेपाली विद्यार्थी युबिन तामाङको मृत्यु

   २०८२ कार्तिक ११ गते  

लन्डन- बेलायतको राजधानी लन्डनमा सवारी दुर्घटनामा घाइते भएका नेपाली विद्यार्थी युबिन तामाङको उपचारका क्रममा निधन भएको छ।

धरान निवासी २० वर्षीय तामाङलाई अक्टोबर १८ का दिन पूर्वी लन्डनको इल्फोर्डस्थित रेडब्रिज लेन इस्ट क्षेत्रमा एक कालो अडी कारले ठक्कर दिएको थियो। स्थानीय सञ्चारमाध्यमका अनुसार ठक्करपछि गम्भीर घाइते भएका तामाङलाई अस्पताल लगिएको थियो, तर उपचारका क्रममा सोमबार उनको मृत्यु भएको हो।

लन्डन प्रहरीले उक्त घटनाबारे अनुसन्धान अघि बढाएको बताइएको छ। चालकलाई नियन्त्रणमा लिएर थप सोधपुछ भइरहेको जनाइएको छ।

युबिन तामाङ अध्ययनका लागि केही समयअघि मात्र बेलायत पुगेका थिए। उनका परिवार र साथीहरूले उनको असामयिक निधनप्रति गहिरो दु:ख व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै