भीआईपी कक्ष बन्द भएपछि देउवा दम्पती साधारण कक्ष हुँदै सिंगापुर प्रस्थान
काठमाडौं- नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी श्रीमती सांसद आरजु राणा सोमबार राति थप उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन्।
जेनजी आन्दोलनका क्रममा कुटपिटबाट गम्भीर रूपमा घाइते भएका देउवा दम्पतीलाई उपचारका लागि सिंगापुर लैजाने तयारी सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको थियो। तर, भीआईपी कक्ष बन्द भएकाले उनीहरू साधारण कक्ष हुँदै विमानमा चढेका थिए।
नेपाली कांग्रेसका नेताहरूका अनुसार देउवाको स्वास्थ्य अवस्था अहिले स्थिर भए पनि चिकित्सकको सिफारिसमा विस्तृत परीक्षणका लागि उनीहरूलाई सिंगापुर लगिएको हो। आरजु राणाले पनि उपचार तथा स्वास्थ्य जाँचका लागि देउवासँगै सिंगापुर पुगेकी हुन्।
देउवा दम्पतीसँग नजिकका केही परिवारका सदस्य र सुरक्षा अधिकारीहरू पनि साथमा रहेका छन्।












