संघीय लिम्बुवान सामाजिक मञ्च,युएईको सातौं महाधिवेशन सम्पन्न:बिक्रम वाजिहाङ अध्यक्षमा निर्वाचित
दुबई।संघीय लिम्बुवान सामाजिक मञ्च, युएईको सातौं महाधिवेशन बरदुबईस्थित होटल एभरेष्टको याक एन्ड यतिको सभा हलमा भव्य तथा उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ।
महाधिवेशनले सर्वसम्मत निर्णयबाट श्री बिक्रम वाजिहाङ “सम्माङ”को अध्यक्षतामा ६१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
कार्यक्रममा संस्थाका संस्थापक, सल्लाहकार, विभिन्न संघ–संस्थाका प्रतिनिधि तथा युएईका विभिन्न अमिरातबाट आएका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
निर्वाचित पदाधिकारीहरू
अध्यक्ष: बिक्रम वाजिहाङ “सम्माङ”
वरिष्ठ उपाध्यक्ष: भिमा ईधिङ्गो लिम्बू “याम्भामी”
उपाध्यक्ष: लक्कीराज बेघा
उपाध्यक्ष: लोकेन्द्र सम्हाम्फे लिम्बू
उपाध्यक्ष: मेख योङहाङ
महिला उपाध्यक्ष: सिमा सुब्बा मावो
महिला उपाध्यक्ष: रश्ना सुब्बा
महिला उपाध्यक्ष: सन्जा लङ्वा लिम्बू
महासचिव: मनिसा खाम्दाक “ईङ्गासा”
उप–महासचिव: राजेश थेबे
सचिव: कुमार बस्नेत
सह–सचिव: दिलिप सि तिरुवा
अर्थसचिव: योगेश निङ्लेकु
सह–अर्थसचिव: अविना सम्हाम्फे
प्रवक्ता: यतिमहाङ मेन्याङ्बो
महिला विभाग प्रमुख: निर्मला मेन्याङ्बो
सांस्कृतिक विभाग प्रमुख: संगीता कुरुम्बाङ
निर्वाचित सदस्यहरू (१८–६०)
हिरा वि.क, रन्जु कार्की, राम कुमार लिम्बू, सरिता लिङ्देन, साजन पुमा राई, सुबास चन्द्र श्रेष्ठ, मनकुमार तुम्बापो, सबिता सुब्बा लिम्बू, भिम माया राई, पर्शुराम भुजेल, खगेन्द्र कुरुम्बाङ, राम कुमार योङहाङ (A), दिपक लिम्बू, चन्द्र प्रसाद लिवाङ, मुना लिम्बू, अनु गुरुङ, कमल बहादुर यसमली, धन माया यसमली, खड्क बहादुर साम्सोहाङ लिम्बू, बलमाया गुरुङ, राजु तामाङ, भिमा खड्का, विरेन्द्र चौधरी, लक्ष्मी राई, हेमराज लिम्बू, गोविन्द येक्तेन लिम्बू, सुरेश लामा, लिला पालुङ्वा लिम्बू, पार्वती थलङ (ठुली), जुनु लिम्बू, बिना खापुङ लिम्बू, कृष्ण प्रसाद रहपाल, पवन माबो, पवन संखर, झरना सुब्बा, मनिसा लिम्बू, नरमाया लक्सम, हेम बहादुर थापा, अमर फियाक, लिला कुमारी गुरुङ, मनिषा लावती, सर्मिला पन्धाक, भारती सुब्बा।
नेफिन युएईका उपाध्यक्ष तथा किराया शाखाका वरिष्ठ उपाध्यक्ष डि. के. किराँतीले नव–निर्वाचित अध्यक्ष श्री बिक्रम वाजिहाङ सहित सम्पूर्ण कार्यसमितिलाई हार्दिक बधाई र सफल कार्यकालको शुभकामना व्यक्त गरेका छन्।
किराँतीले संस्थाले युएईमा रहेका लिम्बुवान समुदायबीच एकता, पहिचान र संस्कृतिको संरक्षणमा महत्वपूर्ण योगदान दिँदै आएको बताए।












