हङकङमा Power of Play:कार्यशाला-अभिभावकहरूको उत्साहजनक सहभागिता – Sagarmathapana:: Online News Portal

हङकङमा Power of Play:कार्यशाला-अभिभावकहरूको उत्साहजनक सहभागिता

   २०८२ कार्तिक ९ गते  

हङकङ-क्रिती चिल्ड्रेन सेन्टर फर लर्निङ एण्ड डेभलपमेन्ट हङकङले आयोजना गरेको “Power of Play” (प्ले को शक्ति) कार्यशाला अत्यन्तै सफल रूपमा सम्पन्न भएको छ।

यस कार्यशालामा सहभागी अभिभावकहरूले आपसमा अन्तरक्रिया गर्दै, खेलकुद र खेलमार्फत बालबालिकाको समग्र विकासमा कसरी योगदान पुर्‍याउन सकिन्छ भन्ने विषयमा गहिरो बुझाइ हासिल गरे।


कार्यक्रमका क्रममा अभिभावकहरूले खेलमार्फत बालबालिकासँगको सम्बन्ध अझ सुदृढ बनाउन सकिने तरिका, र सिकाइलाई रमाइलो तथा प्रभावकारी बनाउन सकिने विभिन्न अभ्यास र उपायहरूबारे अनुभव साटासाट गरेका थिए।

क्रिती चिल्ड्रेन सेन्टरकी संस्थापक सदस्य करिश्मा राई का अनुसार, “यो कार्यशालाले अभिभावकहरूलाई आफ्ना बालबालिकाको विकासमा खेलको महत्व बुझ्न सहयोग पुर्‍याएको छ। हामी अभिभावकहरूको सक्रिय सहभागितालाई अत्यन्त मूल्यवान् ठान्छौं र यस्ता कार्यक्रमहरू आगामी दिनहरूमा पनि निरन्तर आयोजना गर्नेछौं।”

अधिक जानकारीका लागि वा आगामी कार्यक्रमहरूमा सहभागी हुन इच्छुक अभिभावकहरूले सेन्टरलाई 6652 7044 नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै