जनकपुरधाममा सुडी समाजद्वारा आजपा अध्यक्ष प्रभु साहलाई सम्मान – Sagarmathapana:: Online News Portal

जनकपुरधाममा सुडी समाजद्वारा आजपा अध्यक्ष प्रभु साहलाई सम्मान

   २०८२ कार्तिक ८ गते  

जनकपुरधाम।सुडी समाज धनुषाले आम जनता पार्टी (आजपा)का अध्यक्ष एंव पूर्वमन्त्री प्रभु साहलाई विशेष सम्मान गरेको छ ।

मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज सुडी समाजले आजपा अध्यक्ष साहलाई सम्मान गर्दै मुलुक र जनताको हकअधिकारका लागि आवाज उठाएकोमा धन्यवाद समेत दिएका छन् ।

रामजानकी सुडीकुटीका जनकपुरका अध्यक्ष संजिब महासेठले सुडी समाजको बिकास, अधिकारका लागि समेत आवाज उठाउन आग्रह गरे ।

सो अवसरमा आजपा अध्यक्ष साहले मुलुक, जनताका साथै पछाडी परेका वा पछाडी पारिएका समुदाय, समाजको राजनीतिक एंव सामाजिक हकअधिकारका लागि आफुले सधै आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै