नेवा: पुच: युएईद्वारा म्ह: पुजा र नेपाल संवत् ११४६ भव्यतापूर्वक सम्पन्न – Sagarmathapana:: Online News Portal

नेवा: पुच: युएईद्वारा म्ह: पुजा र नेपाल संवत् ११४६ भव्यतापूर्वक सम्पन्न

   २०८२ कार्तिक ७ गते  

काठमाडौँ।नेवा: पुच: युएईद्वारा आयोजित म्ह: पुजा तथा नेपाल संवत् ११४६ न्हुदँया भिंतुना कार्यक्रम युएईको बरदुबईस्थित क्लब SK7 मा भव्य र सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा नेपाली समुदायको मौलिक परम्परा, भाषा, धर्म, कला–संस्कृति र पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ विभिन्न सांस्कृतिक प्रस्तुतिहरू, पूजापाठ तथा सामूहिक सहभागिता भएको थियो।

नेवा: पुच: युएईका महासचिव कुमार बलामीले कार्यक्रमको सफलतामा प्रत्यक्ष वा परोक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण अतिथिजन, दाजुभाइ, दिदीबहिनी र संस्था पदाधिकारीप्रति हार्दिक धन्यवाद ज्ञापन गर्नुभयो।

“हाम्रो संस्कृति र पहिचान विश्वभर उजागर गर्न सबैको निरन्तर साथ, सुझाव र सहकार्य आवश्यक छ।यस्तो एकता र सहभागिता नै हाम्रो शक्ति हो,”

– कुमार बलामी, महासचिव, नेवा: पुच: युएई



कार्यक्रमको तस्बिर खिच्ने कार्यमा क्यामेराम्यान तिजेन महर्जनको विशेष योगदान रहेको उल्लेख गर्दै आयोजक समितिले उहाँप्रति पनि आभार व्यक्त गरेको छ।

सम्पन्न कार्यक्रमपछि उपस्थित समुदायले परम्परागत खानपान, संगीत र आपसी शुभकामना आदान–प्रदान गर्दै नयाँ वर्ष नेपाल संवत् ११४६ को शुभारम्भ मनाएका थिए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै