स्वयंलाई आगो लगाएकी गायिका नीतु पौडेलको कीर्तिपुर बर्न अस्पतालमा निधन – Sagarmathapana:: Online News Portal

स्वयंलाई आगो लगाएकी गायिका नीतु पौडेलको कीर्तिपुर बर्न अस्पतालमा निधन

   २०८२ कार्तिक ७ गते  

काठमाडौं-पछिल्लो हप्ता संगीत क्षेत्र र देशभर चर्चामा रहेकी गायिका नीतु पौडेलको उपचारका क्रममा निधन भएको छ।

पौडेलको शुक्रबार बिहान कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन कुमार भट्टराईले पुष्टि गरेका छन्।

गत शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नै शरीरमा पेट्रोल खन्याई आगो लगाएकी थिइन्। गम्भीररूपमा जलिएकी उनलाई तत्काल उद्धार गरी उपचारका लागि कीर्तिपुर बर्न अस्पतालमा लगिएको थियो।

अस्पतालका चिकित्सकहरूका अनुसार पौडेलको शरीरको करिब ७० प्रतिशत भाग जलेको थियो र उनको स्वास्थ्य अवस्था लगातार गम्भीर थियो। उपचारका क्रममा केही दिन सुधार देखिए पनि अन्ततः शुक्रबार बिहान उनको निधन भएको हो।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ। यसैबीच, पौडेलको निधनप्रति कलाकार, संगीतकर्मी र उनका प्रशंसकहरूले सामाजिक सञ्जालमार्फत गहिरो श्रद्धाञ्जली व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै