गायिका एलीना चौहानले भाइटीकाको भिडियोसहित समाजप्रति प्रश्न उठाइन् – Sagarmathapana:: Online News Portal

गायिका एलीना चौहानले भाइटीकाको भिडियोसहित समाजप्रति प्रश्न उठाइन्

   २०८२ कार्तिक ७ गते  

काठमाडौं।लोकप्रिय गायिका एलीना चौहानले गायक प्रताप दाससँग भाइटीका लगाएको भिडियो सार्वजनिक गरेकी छन्। उक्त भिडियोसँगै उनले समाजप्रति एक गहिरो सन्देश पनि दिएकी छन्।

एलीनाले सामाजिक सञ्जालमार्फत भिडियो सेयर गर्दै लेखेकी छन् —

“दाजु–बहिनी जस्तो पवित्र सम्बन्धमा पनि ‘दाजु–बहिनी हो’ भनेर प्रमाणित गर्नुपर्ने हाम्रो समाज!”

उनको यो भनाइले सामाजिक सञ्जालमा चर्चा पाइरहेको छ। धेरैले एलीनाको विचारलाई समर्थन गर्दै समाजमा नकारात्मक सोच परिवर्तन हुनुपर्ने टिप्पणी गरेका छन्।

गायक प्रताप दास र एलीना चौहान दुवै नेपाली संगीत क्षेत्रका चर्चित कलाकार हुन्। उनीहरूले धेरै स्टेज शो र कार्यक्रमहरूमा सँगै प्रस्तुति दिँदै आएका छन्। पछिल्ला दिनमा उनीहरूको नजिकको सम्बन्धबारे अफवाह फैलिएको थियो, जसपछि एलीनाले भाइटीकाको भिडियो सार्वजनिक गर्दै स्पष्ट सन्देश दिएकी हुन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै