तिहार लगत्तै आन्दोलन सुरु हुने दुर्गा प्रसाईको घोषणा, “नुन–तेलदेखि सबै वस्तु अहिले नै किनेर राख्नुस्”
तिहार सकिएलगत्तै आन्दोलन सुरु गर्ने तयारी।सर्वसाधारणलाई दैनिक उपभोगका सामग्री अग्रिम किनेर राख्न आग्रह।आन्दोलनको उद्देश्य “राष्ट्र, धर्म र स्वाभिमानको रक्षा” भनेर व्याख्या।आयोजक समूहले देशभर चरणबद्ध रुपमा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरिरहेको जानकारी।
काठमाडौं।व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईले आगामी तिहार पर्व सकिएलगत्तै देशव्यापी आन्दोलन सुरु हुने घोषणा गरेका छन्।
प्रसाईले सामाजिक सञ्जालमार्फत भिडियो सन्देश जारी गर्दै भनेका छन्, “अब हामी रोकिने अवस्थामा छैनौं। नुन, तेलदेखि आवश्यक जे–जे छ, अहिले नै किनेर राख्नुस्।”
उनका अनुसार यो आन्दोलन देशमा “हिन्दू अधिराज्य पुनःस्थापनाको” अभियान हो र यसपटकको आन्दोलन पहिलेभन्दा फरक र निर्णायक हुने उनले दाबी गरेका छन्।
“हामीलाई धेरैले अवरोध पुर्याउने प्रयास गरे, तर अब हामी पछि फर्किँदैनौं। यो आन्दोलन धर्म, राष्ट्र र जनताको पक्षमा हुनेछ,
यसअघि पनि दुर्गा प्रसाईले राजसंस्थाको पुनःस्थापना, हिन्दू राष्ट्र घोषणाजस्ता मागसहित देशका विभिन्न सहरमा आन्दोलन गर्दै आएका थिए।
हाल प्रसाई समर्थकहरूले सामाजिक सञ्जालमा ‘अब निर्णायक आन्दोलन’ भन्ने ह्यासट्यागसहित सक्रिय अभियान सञ्चालन गरिरहेका छन्।












