काठमाडौंका मेयर बालेन साहको सामाजिक सञ्जालमा राजनीतिक प्रवृत्तिमाथि कटाक्ष – Sagarmathapana:: Online News Portal

काठमाडौंका मेयर बालेन साहको सामाजिक सञ्जालमा राजनीतिक प्रवृत्तिमाथि कटाक्ष

   २०८२ कार्तिक ६ गते  

काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फेरि एकपटक सामाजिक सञ्जालमार्फत देशको राजनीतिक र सामाजिक प्रवृत्तिमाथि तीखा टिप्पणी गरेका छन्। उनले आफ्नो ताजा स्टाटसमार्फत नेताहरू र आम नागरिक दुबैप्रति व्यंग्य गर्दै प्रश्न उठाएका छन् — देशको बिग्रिँदो अवस्थाको जिम्मेवार आखिर को हो?

मेयर साहले लेखेका छन्,

“तुइन र काठको पूल बनाउने नेताहरु भन्छन्, यो देश विदेशीले बिगार्यो।

Visa पाउनलाई तिमीहरुको घर धाउनु पर्छ, अरुलाई एजेन्ट भन्छौ !!!

आन्दोलनमा पुरै देश एमालेले काङ्रेसको जलाउछ, काङ्रेसले एमालेको जलाउछ, दोष आफ्नो बाल बच्चालाई दिन्छौ!

चियाको टाईममा रगत पिएर अरुलाई लुसिफर भन्छौ!

लाज लाग्दैन?”

उनको यो अभिव्यक्तिले सामाजिक सञ्जालमा व्यापक प्रतिक्रिया पाएको छ। धेरैले मेयर साहको कुरा यथार्थपरक रहेको भन्दै समर्थन जनाएका छन् भने कतिपयले उनलाई अत्यधिक कटाक्षपूर्ण भाषा प्रयोग गरेको आरोप लगाएका छन्।

साह प्रायः राजनीतिक नेतृत्व, प्रशासनिक ढिलासुस्ती र सामाजिक दोहोरो मापदण्डविरुद्ध आफ्ना विचारहरू खुलेर व्यक्त गर्ने नेताका रूपमा परिचित छन्।

विश्लेषकहरूको भनाइमा, मेयर बालेनको यो पोस्टले फेरि पनि नेपाली राजनीतिमा उत्तरदायित्व र नैतिकताको विषयमा नयाँ बहस सुरु गराएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै