गृहमन्त्री ओमप्रकाश अर्यालको खुलासा “सबैभन्दा खतरामा म नै छु”
काठमाडौं-राजनीतिक दलहरूसँगको छलफलका क्रममा गृहमन्त्री ओमप्रकाश अर्यालले आफू हाल सबैभन्दा बढी जोखिममा रहेको बताएका छन्।विभिन्न पार्टीका नेताहरूको प्रश्नको जवाफ दिने क्रममा उनले वर्तमान राजनीतिक अवस्था अत्यन्त जटिल र संवेदनशील भएको उल्लेख गरे।
गृहमन्त्री अर्यालले भने,“हामी पनि खतरामा छौं।अहिलेको अवस्थामा मर्नु परे पहिलो नम्बरमा मै परुँला,दोस्रो नम्बरमा प्रधानमन्त्री पर्नुहोला। अवस्था कहाँ सजिलो छ र!”
उनले थपे,“पुराना मन्त्रीहरूबारे बोले दल र तिनका नेताहरू रिसाउने, नबोले जेन जीहरू रिसाउने।यस्तो अप्ठेरो परिस्थितिमा छौं हामी।”
अर्यालको यो अभिव्यक्तिले अहिलेको राजनीतिक र सुरक्षात्मक अवस्थाबारे विभिन्न तर्क-वितर्क सुरु भएको छ।स्रोतका अनुसार हाल गृह मन्त्रालयमा देशभरको सुरक्षा चुनौतीबारे निरन्तर छलफल जारी छ।
विश्लेषकहरूका अनुसार गृहमन्त्रीको यस्तो भनाइले सरकारभित्रको दबाब र जोखिमबोध प्रष्ट देखाउँछ।












