बझाङमा गएराति ३.९ म्याग्निच्युडको भूकम्प – Sagarmathapana:: Online News Portal

बझाङमा गएराति ३.९ म्याग्निच्युडको भूकम्प

   २०८२ कार्तिक ६ गते  

बझाङ।बझाङमा गएराति भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार, गएराति १०ः४७ बजे बझाङको हेमन्तवाडा आसपास केन्द्र बनाएर ३.९ म्याग्निच्युडको भूकम्प गएको हो।

भूकम्पको केन्द्र सतहदेखि नजिकै भएकाले आसपासका क्षेत्रमा हल्का धक्का महसुस भएको स्थानीयहरूले बताएका छन्। हालसम्म यस भूकम्पका कारण कुनै मानवीय वा भौतिक क्षतिको विवरण प्राप्त भएको छैन।

बझाङलगायत सुदूरपश्चिमका विभिन्न क्षेत्रमा पछिल्लो समय स–साना धक्का बारम्बार आइरहेका छन्। विज्ञहरूले यी धक्का भूकम्पीय सक्रिय क्षेत्र भएकै कारण सामान्य हुने बताएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै