नेपाल संवत् ११४६ को अवसरमा ओलीको सन्देश:“राष्ट्रमाथि खडा चुनौती सामना गरौं” – Sagarmathapana:: Online News Portal

नेपाल संवत् ११४६ को अवसरमा ओलीको सन्देश:“राष्ट्रमाथि खडा चुनौती सामना गरौं”

   २०८२ कार्तिक ५ गते  

काठमाडौं-नेपाल संवत् ११४६ को अवसरमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेपाली जनतासँग राष्ट्रिय एकता र स्वाधीनताको पक्षमा दृढ भएर उभिन अपिल गरेका छन्।

शुभकामना सन्देश जारी गर्दै ओलीले नेपालको सांस्कृतिक विविधता र मौलिकतामाथि गर्व गर्नुपर्ने बताउँदै ती मूल्यहरूले नै राष्ट्रलाई बलियो बनाउने उल्लेख गरेका छन्।

उनले भने, “हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर राष्ट्रिय एकतालाई बलियो बनाऔं। राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो।”

अध्यक्ष ओलीले विविधतालाई विभाजनको कारण होइन, एकताको माध्यम बनाउन आग्रह गरे। उनका अनुसार, “विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं। राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं।”

नेपाल संवत् नेपालको मौलिक पात्रो हो, जसले देशको इतिहास, पहिचान र सभ्यताको गौरव झल्काउँछ। यस अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रमहरू देशभर आयोजना गरिँदै छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै