विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन शुल्क नबुझाउने ६ उद्योगको लाइन काटियो – Sagarmathapana:: Online News Portal

विद्युत प्राधिकरणको डेडिकेटेड ट्रंक लाइन शुल्क नबुझाउने ६ उद्योगको लाइन काटियो

   २०८२ कार्तिक ४ गते  

काठमाडौं।नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको निर्देशनमा डेडिकेटेड ट्रंक लाइन (DTL) प्रयोग गर्ने तर महशुल नबुझाउने ६ उद्योगको विद्युत् लाइन काटिएको छ।

प्राधिकरणले लामो समयदेखि महसुल तिर्न आलटाल गर्दै आएका ती उद्योगहरूलाई पटक–पटक सूचना दिएर पनि रकम नबुझाएपछि अन्ततः लाइन काटिएको हो।

कार्यकारी निर्देशक घिसिङले विद्युत् महसुल नबुझाउने कुनै पनि उद्योगलाई छूट नदिने नीति अपनाइएको बताएका छन्। उनका अनुसार, “विद्युत् महसुल तिर्ने सबै ग्राहकप्रति न्याय गर्नका लागि बक्यौता तिर्न नमान्ने उद्योगमाथि कडा कदम चालिएको हो।”

प्राधिकरणका अनुसार अब बाँकी बक्यौता रकम तिरेपछि मात्र ती उद्योगको लाइन पुनः जडान गरिनेछ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै