अधिवक्ता स्वागत नेपाल प्रहरी साइबर ब्यूरोमा सोधपुछका लागि बोलाइए, अभिव्यक्तिमा अंकुशको प्रयास भन्दै आलोचना – Sagarmathapana:: Online News Portal

अधिवक्ता स्वागत नेपाल प्रहरी साइबर ब्यूरोमा सोधपुछका लागि बोलाइए, अभिव्यक्तिमा अंकुशको प्रयास भन्दै आलोचना

   २०८२ कार्तिक ४ गते  

काठमाडौं।साइबर ब्यूरोले अधिवक्ता स्वागत नेपाललाई मंगलबार सोधपुछका लागि उपस्थित हुन पत्र पठाएको छ।नेपालले हालै सामाजिक सञ्जालमा प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र उनी सांसद नभएको विषयमा टिप्पणी गरेका थिए।

सरकारका अनुसार उनले “भ्रम फैलाउने” अभिव्यक्ति दिएको भन्दै अनुसन्धान थालिएको हो। तर नेपालले आफूले सार्वजनिक जानकारीका आधारमा कानूनी दृष्टिकोणबाट टिप्पणी गरेको र अभिव्यक्तिको स्वतन्त्रता आफ्नो अधिकार भएको बताएका छन्।

यस घटनापछि सामाजिक सञ्जालमा अधिवक्ता नेपालप्रति समर्थन जनाउने पोस्टहरू बढेका छन्। कानुन व्यवसायी र नागरिक समाजका प्रतिनिधिहरूले सरकारले आलोचनात्मक मतलाई मुद्दा बनाउने प्रवृत्ति देखाएको भन्दै आपत्ति जनाएका छन्।

विश्लेषकहरूका अनुसार यस्तो प्रवृत्ति लोकतान्त्रिक व्यवस्थाको मौलिक अधिकार-अभिव्यक्तिको स्वतन्त्रता-मा प्रत्यक्ष आघात हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै