चितवनको भरतपुरमा माघ २ गतेदेखि’आठौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो ’ हुने – Sagarmathapana:: Online News Portal

चितवनको भरतपुरमा माघ २ गतेदेखि’आठौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो ’ हुने

   २०८२ कार्तिक ३ गते  

निराज रानाभाट,चितवन।आठौं नेपाल एग्रिटेक इन्टरनेशनल एक्स्पो – २०२६ ’ माघ २, ३ र ४ गते चितवनमा आयोजना हुने भएको छ ।

मिडिया स्पेस सोलुसन्स प्रा.लि. तथा फ्युचरेक्स ट्रेड फेयर्स एण्ड इभेन्ट्स प्रा.लि. को संयुक्त आयोजनामा माघ २, ३ र ४ गते चितवनको भरतपुर महानगरपालिका -१०, चितवन एक्स्पो सेन्टरम आयोजना हुन लागेको हो । उक्त एक्स्पोमा नेपाल भित्रका कृषि उद्यमीहरु, व्यवसायीहरुका साथै विदेशी व्यवसायीहरु तथा कम्पनीहरु रहने छन् । उक्त एक्स्पोमा सय बढी स्टल रहने आयोजकले जनाएको छ । आयोजकको अनुसार एक्स्पोले कृषि कर्मलाई सहज र किफायती बनाउन मद्दत पुग्ने उल्लेख छ ।


यस्तै, उक्त एक्स्पोमा कृषि र प्रविधिका फरक – फरक समूहका स्टलहरु रहने छन् । उक्त एक्स्पोमा कुखुरापालन, माछापालन, बाख्रापालन, गाई / भैँसी पालन, डेरी, कृषिका मेसिनरी औजार – उपकरण भेटेनरी, खाद्य प्रविधि बारेमा जानकारी गराइने छ । अवलोकन गर्न आउनेले आफ्नो चाहना आवश्यकता र चासो अनुसारको स्टलमा गएर सम्पूर्ण जानकारी लिन सक्ने गरी व्यवस्था गरिने आयोजकको जनाएको छ । यसलाई ‘ प्रदर्शनी भित्रको प्रदर्शनी ’ पनि भन्न सकिन्छ । नेपालको कृषि क्षेत्रको यान्त्रीकीकरणमा सहयोग पु¥याउन प्रदर्शनी कोशेढुङ्गा सावित हुने आयोजकको विश्वास रहेको छ ।

त्यसैगरी, उक्त एक्स्पोले नेपालको कृषि क्षेत्रलाई उपयुक्त हुने नविनतम प्रविधि तथा सेवाहरुको पहिचान गर्न मद्दत पुग्ने र प्रविधिको प्रयोगबाट कृषि उत्पादनमा समेत वृद्धि भइ कृषि उपजमा आत्मनिर्भर बन्न टेवा पु¥याउने आयोजकको विश्वास रहेको छ । उक्त एक्स्पोमा सबैलाई निःशुल्क प्रवेश रहने छ । एक्स्पोमा देशभरबाट बढी भन्दा बढी अवलोकनकर्ताहरु भित्र्याउने लक्ष्य आयोजकको रहेको छ ।

यसैगरी, उक्त एक्स्पोमा देशैभरिका अगुवा किसान दाजुभाइ तथा दिदीबहिनीहरु, अगुवा कृषकहरु, गाउँपालिका तथा नगरपालिकाका प्रतिनिधिहरु, निति / निर्माता, व्यवसायीहरु, उद्यमीहरु, व्यापारीहरु, आयातकर्ताहरु, निर्यातकर्ताहरु, सरकारी तथा गैर – सरकारी संस्थाहरु, बैंक तथा बित्तिय संस्थाहरु, अनुसन्धानकर्ताहरु, शिक्षकशिक्षिकाहरु, विद्यार्थीहरु र शिक्षण संस्थाहरुको विशेष उपस्थिति हुने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै