नेपो बेबी’ट्रेन्डमाथि ओलीको प्रहार:“श्रृंखला खतिवडा अर्बपतिका छोरी हुन् र ?”
काठमाडौं-(एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले मिस नेपाल २०१८ श्रृंखला खतिवडाको पक्षमा अभिव्यक्ति दिएका छन्।पछिल्लो समय सामाजिक सञ्जालमा श्रृंखलामाथि चलेको ‘नेपो बेबी’ ट्रेन्डको प्रतिवाद गर्दै ओलीले श्रृंखलामाथि गरिएको टिप्पणीलाई ‘अनावश्यक र अन्यायपूर्ण’ भएको बताएका छन्।
आइतबार सम्पादकहरूसँगको कुराकानीमा ओलीले प्रश्न गर्दै भने, “श्रृंखला खतिवडा अर्बपतिका छोरी हुन् र? हेलिकोप्टरबाट स्कुल पुर्याउने गर्थिन् र? के हो यो नेपो बेबी ?”
उनले थपे, “देशमा मेहेनती युवतीहरूलाई पनि किन बदनाम गर्न खोजिन्छ ? श्रृंखलाले आफ्नो क्षमताबाट नाम कमाएकी हुन्, त्यसमा आपत् किन ?”
ओलीको यो टिप्पणीले सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ। धेरैले उनलाई श्रृंखलाको समर्थनमा बोलेको भन्दै स्वागत गरेका छन् भने कतिपयले यो विषयमा राजनीतिक टिप्पणी गर्न आवश्यक नभएको प्रतिक्रिया दिएका छन्।
श्रृंखला खतिवडा हाल नेपालमा मात्र होइन, अन्तर्राष्ट्रिय प्लेटफर्ममा समेत सक्रिय छिन्। उनको पारिवारिक पृष्ठभूमि राजनीतिसँग जोडिएको भए पनि उनले सौन्दर्य प्रतियोगिता र समाजसेवामा आफ्नै पहिचान बनाएकी छन्।












