जेन्जी तिहार’ गीत सार्वजनिक — जेन्जी पुस्ताको आवाजमा राज्य दमनविरुद्धको सन्देश – Sagarmathapana:: Online News Portal

जेन्जी तिहार’ गीत सार्वजनिक — जेन्जी पुस्ताको आवाजमा राज्य दमनविरुद्धको सन्देश

   २०८२ कार्तिक ३ गते  

काठमाडौँ-तिहार पर्वलाई लक्षित गरी तयार गरिएको नयाँ गीत ‘जेन्जी तिहार…’ को भिडियो सार्वजनिक गरिएको छ। शुभ दीपावली–२०८२ को अवसरमा सार्वजनिक गरिएको यो गीतले हालै भदौ २३ र २४ मा जेन्जी पुस्ताले गरेको प्रदर्शन तथा त्यसमा भएको राज्यको दमनलाई लक्षित गरेर सशक्त सन्देश दिन खोजेको छ। भिडियो ‘आदि शक्ति अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतका शब्द सजिना लामिछाने र तुलसी बाँस्कोटाले लेखेका हुन् भने आरबी खत्री शरदले संगीत भरेका छन्। राजिव शाहले संगीत संयोजन, रेकर्डिङ र मास्टरिङको जिम्मेवारी सम्हालेका छन्।

गीतमा आरबी खत्री शरद, श्रद्धा दियाली, रमेश मैनाली, राजिव शाह र निर्मला कार्कीको स्वर रहेको छ।

भिडियोमा आरबी खत्री शरद, लक्ष्मीनाथ तिमल्सिना, सरिता भण्डारी, सजिना लामिछाने, रमेश मैनाली, शिव मैनाली, राज धामी, लक्ष्मी जोशी, पिय्रा कार्की, पार्वती अधिकारी भट्टराई, श्रीदा क्षेत्री, बिन्दु श्रेष्ठ, तेजी कुँवर, सपना देवकोटा, अनिल राई, गीता ओली, सुजिता खत्री, र लक्ष्मी सिवाकोटी लगायतका कलाकारले अभिनय गरेका छन्।

गीतको भिडियो आरबी खत्री शरदको निर्देशनमा बनेको हो। राज पोख्रेलले छायांकन, राज धामीले सम्पादन, र दिनेश लिम्बुले कोरियोग्राफी गरेका छन्।

गीतले देशमा फैलिएको भ्रष्टाचार र परम्परागत राजनीतिप्रतिको जेन्जी पुस्ताको आक्रोशलाई उजागर गरेको छ। भिडियोमा देश बन्छ भन्दै घरबाट हिँडेको छोरा राज्यको दमनमा परी मारिएको खबर सुनेपछि आमाको मानसिक पीडा र विद्रोही पुस्ताको मनोभावलाई मार्मिक रूपमा चित्रण गरिएको छ।

यो गीतले तिहारको प्रकाशसँगै सामाजिक चेतना र परिवर्तनको आवाज फैलाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै