मोहन बस्नेतको चेतावनी– “जेनजी आन्दोलनमा काठमाडौंमा भएको भए भिड्थें” – Sagarmathapana:: Online News Portal

मोहन बस्नेतको चेतावनी– “जेनजी आन्दोलनमा काठमाडौंमा भएको भए भिड्थें”

   २०८२ आश्विन २९ गते  

काठमाडौं-नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री मोहन बस्नेतले जेनजी आन्दोलनका क्रममा आफू काठमाडौंमा भएको भए भिडन्त हुने चेतावनी दिएका छन्।

बुधबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा पत्रकारहरूसँग कुराकानी गर्दै बस्नेतले भने, “म आन्दोलनको समयमा सुर्खेतमा थिएँ, यदि काठमाडौंमा भएको भए म भिड्थें।”

उनले भने, “जेनजीले कहिले पनि लुटपाट, आगजनी र हत्या गर्न भनेका थिएनन्। म ती लुटेरा र आगजनी गर्नेहरूसँग भिड्ने थिएँ, जेनजीसँग होइन।”

पूर्वमन्त्री बस्नेतले आफू “सजिलो मान्छे होइन” भन्दै आक्रोशपूर्ण ढङ्गमा प्रतिक्रिया दिएका थिए। उनका अनुसार, “मले धेरैलाई सिध्याएको छु भन्नेहरूको व्यवस्थापन गर्दै आएको छु, भिड्ने मान्छेले सधैं जित्दैन, कहिलेकाहीँ भाग्न पनि जान्छ।”

बस्नेतले आन्दोलनको क्रममा अन्य नेताहरू घरमा लुकेको बेला आफूले सुर्खेतमा सडकमा जुलुस निकालेको दाबी पनि गरे। उनले भने, “सुर्खेतमा हुँदा मैले आफैंले जुलुस निकालेँ, अनि काठमाडौंमा पाँच ठाउँमा पनि मेरो निर्देशनमा जुलुस निस्किएको थियो।”

बस्नेतको यो भनाइले कांग्रेसभित्र र बाहिर दुबै क्षेत्रमा चर्चा पाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै