प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् ‘अमेरिकी प्रभावमा’:अधिवक्ता स्वागत नेपालको आरोप – Sagarmathapana:: Online News Portal

प्रधानमन्त्री सुशीला कार्कीको मन्त्रिपरिषद् ‘अमेरिकी प्रभावमा’:अधिवक्ता स्वागत नेपालको आरोप

   २०८२ आश्विन २७ गते  

काठमाडौं।अधिवक्ता स्वागत नेपालले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्मा रहेका अधिकांश मन्त्रीहरूलाई ‘अमेरिकी एजेण्ट’ भएको आरोप लगाएका छन्।

प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले हालको मन्त्रिपरिषद्मा “सतप्रतिशत अमेरिकी प्रभाव” रहेको दाबी गरे।

नेपालका अनुसार,अमेरिकी सरकारले आफ्ना ‘साझेदार व्यक्ति’हरूको विवरण खुलेरै सार्वजनिक गरेको छ। उनले भने,

“अमेरिकाले आफ्ना एजेण्टहरू लुकाउँदैन, वेबसाइटमै फोटोसहित राखेको छ। अहिलेका धेरै मन्त्रीहरू त्यही सूचीमा छन्।”

अधिवक्ता नेपालले अमेरिकी प्रभाव नेपालको परराष्ट्र नीतिमा प्रत्यक्ष देखिन थालेको र चीनविरुद्ध नेपालको भूमि प्रयोग गर्ने प्रयास भइरहेको दाबी पनि गरे।

उनका शब्दमा,

“नेपालको भूमि कुनै पनि देशविरुद्ध प्रयोग हुन दिनुहुन्न उनले जनतालाई सचेत रहन आग्रह गर्दै भने, नेपालको सार्वभौमिकता र स्वतन्त्रता माथि खेलबाड हुन दिनुहुन्न। नेपाल सधैं भारत र चीनसँग सन्तुलित सम्बन्ध राख्न चाहन्छ, त्यसपछि मात्रै सात समुन्द्रपारका देशहरूसँग।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै