डोलप्रसाद अर्याल र अब्दुल खानबीच अर्थपूर्ण भेट – Sagarmathapana:: Online News Portal

डोलप्रसाद अर्याल र अब्दुल खानबीच अर्थपूर्ण भेट

   २०८२ आश्विन २७ गते  

राजनीतिक परिस्थिति र आगामी मार्गचित्रबारे स्वतन्त्र युवानेता अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालबीच भेटवार्ता

काठमाडौं-नेपालमा हालैको राजनीतिक परिवेश र आगामी दिनमा देशको राजनीतिक दिशाबारे छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति माननीय डोलप्रसाद अर्याल र स्वतन्त्र युवानेता माननीय अब्दुल खान बीच भेटवार्ता भएको छ।

भेटका क्रममा कार्यवाहक सभापति अर्यालले माननीय अब्दुल खानले आफ्नो कार्यकालमा निर्विवाद र शालीन ढंगले जिम्मेवारी पूरा गर्नुभएको भन्दै धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भने,

“नेपालको राजनीतिमा विनाविवाद र इमान्दारितापूर्वक जिम्मेवारी पूरा गर्ने नेताहरू निकै कम भेटिन्छन्। अब्दुल खानज्यू त्यसका उदाहरण हुनुहुन्छ।”

छलफलमा दुबै नेताहरूले आगामी दिनमा सहकार्य गर्दै देशको समृद्धि र सुशासनका लागि मिलेर अघि बढ्ने विश्वास व्यक्त गरेका छन्।

राजनीतिक स्थिरता, पारदर्शिता र युवापुस्ताको भूमिकाबारे पनि विस्तृत कुराकानी भएको स्रोतले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै