गाजामा रहेका २२ जना बन्धकमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि सूचीमा समावेश – Sagarmathapana:: Online News Portal

गाजामा रहेका २२ जना बन्धकमध्ये नेपाली विद्यार्थी विपिन जोशी पनि सूचीमा समावेश

   २०८२ आश्विन २६ गते  

काठमाडौं।गाजामा हमासको नियन्त्रणमा रहेका २२ जना जीवित बन्धकको नयाँ सूची सार्वजनिक भएको छ। उक्त सूचीमा नेपालका नागरिक विपिन जोशीको नाम पनि समावेश भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

अक्टोबर ७, २०२३ मा इजरायलमा हमासद्वारा गराइएको आतङ्ककारी आक्रमणका क्रममा नेपालका १७ विद्यार्थीमध्ये जोशी बेपत्ता भएका थिए। सो घटनामा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको पुष्टि भइसकेको छ भने जोशीको अवस्था लामो समयसम्म अज्ञात रहँदै आएको थियो।

तर, पछिल्ला विवरण अनुसार, हमासको नियन्त्रणमा रहेका जीवित बन्धकहरूको सूचिमा उनको नाम औपचारिक रूपमा समावेश भएपछि जोशीको परिवार र नेपाल सरकारले सावधानीपूर्वक थप विवरण संकलन गरिरहेको जनाइएको छ।

नेपालको परराष्ट्र मन्त्रालयले भने औपचारिक पुष्टि गर्न बाँकी रहेको बताएको छ र इजरायल तथा अन्य सरोकारवालासँग निरन्तर सम्पर्कमा रहेको जनाएको छ।

मानवीय कारणका लागि बन्धकहरूको तत्काल र सुरक्षित रिहाइको माग अन्तर्राष्ट्रिय समुदायले पुनः दोहोर्‍याएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै