ठाकुरद्वारामा युवा नेता अब्दुल खान र मेडिकल व्यवसायीहरूबीच भेटघाट, नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल – Sagarmathapana:: Online News Portal

ठाकुरद्वारामा युवा नेता अब्दुल खान र मेडिकल व्यवसायीहरूबीच भेटघाट, नेपालको वर्तमान राजनीतिक अवस्थाबारे छलफल

   २०८२ आश्विन २४ गते  

बर्दिया-आज बर्दियाको ठाकुरद्वारास्थित बबई रिसोर्टमा युवा नेता अब्दुल खानले मेडिकल व्यवसायी कैलाश खडका, युवा व्यवसायी र पेशाकर्मी तथा अष्ट्रेलियाबाट आएका नेपाली साथी व्यवसायी सँग विशेष भेटघाट तथा मैत्रीपूर्ण छलफल गरेका छन्।

कार्यक्रमका क्रममा सहभागीहरूले नेपालको वर्तमान राजनीतिक अवस्था, युवा पुस्ताको भूमिकाबारे र देश विकासका लागि आवश्यक पहलका विषयमा गहन चर्चा गरेका थिए।

नेता अब्दुल खानले हालको राजनीतिक परिस्थितिमा युवा, व्यवसायी र पेशाकर्मीबीचको सहकार्यले सकारात्मक परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरे। उनले देशभित्रका साथै विदेशमा रहेका नेपाली युवाहरूले राष्ट्रिय एकता र विकासका लागि हातेमालो गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा उपस्थित मेडिकल व्यवसायी कैलाश खडका र अन्य सहभागीहरूले समेत समाजसेवा, स्वास्थ्य क्षेत्रको सुधार र सुशासनका लागि आफ्नो योगदान दिने प्रतिबद्धता जनाएका थिए।

भेटघाट कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजक पक्षले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै