माइतीघरमा जेनजीको माग सम्बोधन नभएको भन्दै प्रदर्शन गर्ने प्रयास, निकोलस भुसालसहित ३ जना पक्राउ
काठमाडौं-जेनजीको माग सम्बोधन नभएको भन्दै असन्तुष्टि जनाउन माइतीघर मण्डलामा भेला भएका निकोलस भुसालसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार बिहीबार दिउँसो भुसालसहितका केही युवाहरूले शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने प्रयास गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो। माइतीघर परिसरमा प्रहरीले बाक्लो सुरक्षा व्यवस्था गर्दै कुनै पनि प्रकारको प्रदर्शन गर्न नदिएको जनाएको छ।
प्रहरीका एक अधिकारीले भने, “पूर्व सूचना बिना प्रदर्शन गर्न खोजेकाले उनीहरूलाई नियन्त्रणमा लिइएको हो। परिस्थितिलाई नियन्त्रणमै राखिएको छ।”
जेनजी समूहले सरकारसँगका मागहरू लामो समयदेखि सम्बोधन नभएको भन्दै आन्दोलनको चेतावनी दिँदै आएको छ। तर, मागका विषयमा सरकारले अहिलेसम्म कुनै प्रतिक्रिया नदिएको उनीहरूको आरोप छ।












