ओली आज गुण्डुबाट विशेष सम्बोधन गर्ने
काठमाडौं।नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज भक्तपुरको गुण्डुबाट विशेष सम्बोधन गर्ने भएका छन्।
एमाले भक्तपुरद्वारा आयोजित विशेष भेटघाट तथा शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले समसामयिक राजनीतिक परिस्थितिबारे आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेका हुन्।
पार्टीका पोलिटब्यूरो सदस्य महेश बस्नेतका अनुसार, बिहीबार बिहान ११ बजे तिथली चोक, गुण्डुमा हुने कार्यक्रममा अध्यक्ष ओलीले प्रमुख अतिथिका रूपमा सम्बोधन गर्नेछन्।
प्रधानमन्त्री पदबाट राजीनामा दिएपछि बालुवाटार छोडेका ओली अहिले भक्तपुरको गुण्डुस्थित भाडाको घरमा बस्दै आएका छन्। पछिल्लो समय पार्टीभित्र नेतृत्व हस्तान्तरणको माग बढ्दै गए पनि ओलीले नेतृत्व नछोड्ने अडान कायम राख्दै आएका छन्।
आजको सम्बोधनमार्फत उनले आगामी राजनीतिक दिशा, पार्टीभित्रको विवाद र हालको सरकारप्रतिको धारणा सार्वजनिक गर्ने अपेक्षा गरिएको छ।












