देउवाको सम्मानजनक राजीनामाको तयारी,कांग्रेस महाधिवेशनको बाटो खुल्दै – Sagarmathapana:: Online News Portal

देउवाको सम्मानजनक राजीनामाको तयारी,कांग्रेस महाधिवेशनको बाटो खुल्दै

   २०८२ आश्विन २२ गते  

काठमाडौँ।जेनजी आन्दोलनपछि नेपाली कांग्रेसभित्र नेतृत्व परिवर्तनको तयारी सुरु भएको छ। पार्टी सभापति शेरबहादुर देउवाले अब सभापति पदबाट सम्मानजनक राजीनामा दिने तयारी गरेका छन्।

भदौ २४ गतेको आन्दोलनका क्रममा आक्रमणमा परेका देउवामाथि हाल ४० प्रतिशत केन्द्रीय सदस्यहरूले महाधिवेशनको मागसहित हस्ताक्षर अभियान चलाएका थिए। उक्त दबाबपछि देउवाले पार्टीका वरिष्ठ नेताहरूसँग आवधिक महाधिवेशनका तयारीबारे परामर्श सुरु गरेका छन्।

पार्टीका महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्मा दुवैले यस विषयमा सकारात्मक धारणा व्यक्त गरेका छन्। उनीहरूले पार्टीमा सहमति र संस्थागत नेतृत्व हस्तान्तरणका लागि वातावरण बनाउनुपर्ने बताउँदै आएका छन्।

स्रोतका अनुसार देउवाले आगामी महाधिवेशनपछि पुनः सभापति पदमा नेतृत्वको दाबी नगर्ने निर्णय गरेका छन्। उनका निकट सहयोगीहरूले यो निर्णयलाई पार्टीभित्र नयाँ पुस्तालाई जिम्मेवारी सुम्पने संकेतको रूपमा लिएका छन्।

यससँगै नेपाली कांग्रेसमा नयाँ नेतृत्वको तयारी र महाधिवेशनको काउन्टडाउन सुरु भएको बुझिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै