अख्तियार प्रमुख प्रेमकुमार राईसहित आयुक्तहरूको राजीनामा माग्दै जेनजी समूहको प्रदर्शन
काठमाडौं-अख्तियार दुरुपयोग अनुसन्धान आयोग (CIAA) का प्रमुख आयुक्त प्रेमकुमार राईसहित सम्पूर्ण आयुक्तहरूको राजीनामा माग गर्दै आज जेनजी समूह अख्तियारको केन्द्रीय कार्यालयमा पुगेको छ।
समूहले आयोगमा गम्भीर भ्रष्टाचार, निष्क्रियता र राजनीतिक प्रभावमा परेर छानबिन नहुने आरोप लगाउँदै तत्कालीन नेतृत्व परिवर्तनको माग गरेको हो। प्रदर्शनका क्रममा समूहका सदस्यहरूले “भ्रष्टाचारविरुद्ध कडा कदम चाल”, “राई राजीनामा देऊ” जस्ता नाराहरू लगाएका थिए।
जेनजी समूहका प्रतिनिधिहरूले भने, “अख्तियार स्वयं नै राजनीतिक दबाबमा चलेको संस्था बनेको छ। जनताको करबाट चल्ने यो निकायले जनताको विश्वास गुमाइसकेको छ, त्यसैले नयाँ नेतृत्व आवश्यक छ।”
अख्तियार कार्यालयले भने यस विषयमा औपचारिक प्रतिक्रिया दिएको छैन। सुरक्षाका दृष्टिले कार्यालय वरिपरि अतिरिक्त प्रहरी परिचालन गरिएको थियो।












