माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो १ बजे महाधिवेशन, पार्टी एकता र निर्वाचन तयारी मुख्य एजेन्डा – Sagarmathapana:: Online News Portal

माओवादी केन्द्रको पदाधिकारी बैठक आज दिउँसो १ बजे महाधिवेशन, पार्टी एकता र निर्वाचन तयारी मुख्य एजेन्डा

   २०८२ आश्विन २० गते  

काठमाडौँ-नेकपा (माओवादी केन्द्र) ले आज दिउँसो १ बजे पेरिसडाँडास्थित केन्द्रीय कार्यालयमा पदाधिकारी बैठक बोलाएको छ।

पार्टीका प्रवक्ता अग्नि सापकोटाका अनुसार बैठकमा आगामी मङ्सिरको अन्तिम साता हुने भनिएको विशेष महाधिवेशनको तयारी, अन्य वाम शक्तिहरूसँग एकता सम्भावनाबारे छलफल र आगामी निर्वाचनका लागि रणनीति तय गर्ने एजेन्डा रहेका छन्।

बैठकले महाधिवेशनको कार्यविधि टुंग्याउने, एकता प्रक्रिया अघि बढाउने र संगठन सुदृढीकरणका विषयमा पनि निर्णय लिने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै