सप्तकोशी नदीमा पानीको बहाव घट्दै,सबै ढोका खुला – Sagarmathapana:: Online News Portal

सप्तकोशी नदीमा पानीको बहाव घट्दै,सबै ढोका खुला

   २०८२ आश्विन २० गते  

इनरुवा-नेपालका प्रमुख नदीमध्ये एक सप्तकोशी नदीको पानीको बहाव घटेको छ। आइतबार प्रतिसेकेन्ड ५ लाख ३० हजार ५४० क्युसेक रहेको बहाव सोमबार बिहानसम्म घटेर ४ लाख ५५ हजार ९१० क्युसेकमा झरेको सुनसरीका प्रहरी प्रमुख एसपी केशव कुमार थेबेले जानकारी दिएका छन्।

हाल कोशी ब्यारेजका ५६ वटै ढोका खुला राखिएका छन्। लगातारको वर्षा रोकिएपछि पानीको सतह घट्न थालेको हो। जलस्रोत तथा बाढी पूर्वानुमान शाखाका अनुसार निकट भविष्यमै पानीको बहाव अझै घट्ने अनुमान गरिएको छ।

स्थानीय प्रशासनले भने सतर्कता अपनाउन आग्रह गरेको छ। कोशी आसपासका बस्तीमा बाढीको जोखिम कम भए पनि उच्च सतर्कता आवश्यक रहेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै