नेपालमा सुनको मूल्य ऐतिहासिक उच्चतामा,प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको – Sagarmathapana:: Online News Portal

नेपालमा सुनको मूल्य ऐतिहासिक उच्चतामा,प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको

   २०८२ आश्विन १९ गते  

काठमाडौं-दशैंपछिको पहिलो कारोबार दिवस आइतवार नेपाली बजारमा सुनको मूल्य नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ३० हजार ६०० रुपैयाँ पुगेको छ।यो मूल्य अघिल्लो कारोबारको तुलनामा ७ हजार ४०० रुपैयाँले बढी हो।

दशैं बिदा सुरु हुनुअघि असोज १२ गते सुनको मूल्य प्रतितोला २ लाख २३ हजार २०० रुपैयाँ मा कारोबार भएको थियो। त्यसपछि आजको मूल्य वृद्धि संगै नेपाली बजारमा सुनको दर हालसम्मकै सबैभन्दा उच्च स्तरमा पुगेको छ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा भइरहेको उछाल र विदेशी मुद्राको भाउ वृद्धि नेपाली बजारमा समेत यसको प्रभाव परेको छ।

यसैबीच, आज चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो कारोबारमा प्रतितोला २ हजार ८१० रुपैयाँमा रहेको चाँदी आज २ हजार ९३० रुपैयाँमा कारोबार भइरहेको छ।

विश्लेषकहरूका अनुसार आगामी केही दिनमा अन्तर्राष्ट्रिय बजारको उतारचढावअनुसार सुन–चाँदीको मूल्यमा थप परिवर्तन हुने सम्भावना रहेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै