युवा नेता अब्दुल खानको भनाइ : “नेपालीहरू कमजोर छैनन्,सक्षम नेतृत्व भए देश बनाउन समय लाग्दैन” – Sagarmathapana:: Online News Portal

युवा नेता अब्दुल खानको भनाइ : “नेपालीहरू कमजोर छैनन्,सक्षम नेतृत्व भए देश बनाउन समय लाग्दैन”

   २०८२ आश्विन १७ गते  

काठमाडौं-युवा नेता अब्दुल खानले सामाजिक सञ्जालमार्फत नेपालीहरूको क्षमता र सम्भावनाबारे सशक्त सन्देश दिएका छन्। उनले भनेका छन्, “हाम्रो देशका नेपालीहरू यति कमजोर छैनन् कि अर्काको देश बनाउन वर्षौं मेहनत गर्ने तर आफ्नै देश बनाउन असमर्थ हुने। राम्रो नेतृत्व पाए हामीले हाम्रो देश बनाउन समय नै नलाग्नेछ।”

खानाले युवालाई आशावादी रहन र देश निर्माणमा प्रत्यक्ष योगदान दिन आह्वान गरेका छन्। उनका अनुसार, परिश्रमी नेपालीहरूले विदेशमा शहर र देश बनाउन योगदान पुर्‍याएझैँ आफ्नै भूमिमा पनि त्यस्तो चमत्कार सम्भव छ।

विशेषगरी, उनले सक्षम नेतृत्वको आवश्यकता औंल्याउँदै नेपालमा छिट्टै सकारात्मक परिवर्तन सम्भव हुने विश्वास व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै