मोडेल तथा कलाकार दिपा शाही द्वारा बादी समुदायलाई सहयोग – Sagarmathapana:: Online News Portal

मोडेल तथा कलाकार दिपा शाही द्वारा बादी समुदायलाई सहयोग

   २०८२ आश्विन १६ गते  

रुकुम पश्चिम।दशैं जस्तो ठूलो पर्व अवसरमा कलाकार तथा मोडल दिपा शाहीले आफ्नो जन्मथलो रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -९, नमुना बस्तीमा समाजसेवी भूमिका निर्वाह गरेकी छिन् । शाहीले नमुनाबस्तीमा रहेका २२ घर बादी समुदायलाई विभिन्न सहयोग वितरण गरेकी छिन् । बडा दशैंको अवसरमा घर आएको बेला शाहीले प्रत्येक घरलाई चामल, बालबालिकाहरुका लागि कापी – कलम, दशैं खर्च स्वरूप नगद रकम र हरेक घरमा डस्टबिन प्रदान गरेकी छिन् ।

समाजसेवामा पनि सक्रिय शाहीले दशैंजस्तो महान चाडमा पिछडिएको बादी समुदायलाई सहयोग गरेर खुसी बाँड्न पाउँदा आफू सन्तुष्ट भएको बताईन् । संगीत क्षेत्रमा मोडलको रूपमा आफ्नो पहिचान बनाउन सफल शाहीले गाउँ / घरका गरिब – दुखी, असहाय र विपन्न परिवारहरुलाई सहयोग गर्दै उनीहरूको जीवनमा केही राहत र खुशी ल्याउने प्रयास गरेकी हुन् ।

स्थानीय बासिन्दाहरुले शाहीको यस कदमलाई निकै सराहना गरेका छन् । उनीहरूले भने,‘दशैं त सबैको पर्व हो तर विपन्न परिवारका लागि चाहिँ चाडपर्वमा समेत दुःख झेल्नु पर्ने अवस्था हुन्छ । दिपा शाहीले गरेका यस्ता सामाजिक कार्यले उनीहरूको पीडामा मलमपट्टी लगाएको छ ।’ कलाकार मात्र नभई सामाजिक उत्तरदायित्वप्रति संवेदनशील नागरिकको रूपमा प्रस्तुत भएकी शाहीले आगामी दिनमा पनि आफ्नो गाउँ – ठाउँ र समाजका लागि सहयोगी भूमिका निर्वाह गर्दै जाने प्रतिबद्धता जनाएकी छिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै