दशैँबाहेकका सार्वजनिक बिदामा पनि अध्यागमन विभागबाट सेवा
काठमाडौँ।अध्यागमन विभागले विजया दशमी का दिनबाहेक अन्य सार्वजनिक बिदामा समेत सेवा सञ्चालन गर्ने भएको छ।
विभागले जारी गरेको सूचनाअनुसार दशैँको मुख्य दिन अर्थात् विजयादशमी बाहेकका सबै दिन बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म विभागको पर्यटक भिसा शाखा र एजेन्सी शाखा सञ्चालन हुनेछन्।
यसरी छुट्टै समय तोकी सार्वजनिक बिदामा समेत सेवा दिने निर्णयसँगै पर्यटक तथा सम्बन्धित एजेन्सीहरुलाई सहज हुने अपेक्षा गरिएको छ।












