हर्क साम्पाङको आव्हान:“देश बिगार्नेहरू विरुद्ध अब लामबद्ध बनौं” – Sagarmathapana:: Online News Portal

हर्क साम्पाङको आव्हान:“देश बिगार्नेहरू विरुद्ध अब लामबद्ध बनौं”

   २०८२ आश्विन १४ गते  

धरान-धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङले सामाजिक सञ्जालमार्फत देशभक्तिपूर्ण संदेश दिँदै भ्रष्टाचार, परनिर्भरता र गैरजिम्मेवार गतिविधिले देशलाई कमजोर पार्न खोज्नेहरूविरुद्ध सचेत रहन आग्रह गरेका छन्।

उनले भनेका छन्, देश जलाउँछु भन्नेले देश जलाइछाडे

, विदेशीको जुठो खाएर आफ्नो पेट पाल्ने उब्रेको आफ्ना अरोटेभरोटेलाई फाल्ने अनि सिनोमा रमाउनेहरूले बिगारेको यो देशलाईबनाउन चाहनेहरू सबै अब लामबद्ध बनौं। हामी उठ्नेछौं। देश माथि उठाउन हामी जुट्नेछौं।

साम्पाङको यो अभिव्यक्ति देशभक्तिपूर्ण जागरणको सन्देशका रूपमा लिइएको छ। उनले युवालाई आत्मनिर्भर बन्न, विदेशी प्रभाव र भोगविलासमूलक प्रवृत्तिबाट टाढा रहन तथा राष्ट्र निर्माणमा सक्रिय योगदान दिन आह्वान गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै