सरकारद्वारा अस्थायी, करार एंव ज्यालादारी कर्मचारीको कटौती गरिएकोमा आजपा प्रबक्ता साहको आपत्ति
सर्लाही।आम जनता पार्टी (आजपा) का प्रबक्ता चन्द्रभुषण साहले सरकारद्वारा अस्थायी, करार एंव ज्यालादारी कर्मचारीको कटौती गरिएकोमा आपत्ति जनाएका छन ।
सरकारी घरमा मासुभात र जनताको घरमा आँसुभात कहिलेसम्म भन्दै उनले प्रधानमन्त्री सुशील कार्कीसंग प्रश्न गरेका छन ।

मितव्ययीताको नाममा अस्थायी, करार एंव ज्यालादारीमा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा प्रधानमन्त्री, मन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले ८ महिना काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ? भन्दै आजपा प्रबक्ता साहले प्रश्न गरेका छन ।
`प्रमज्यू! हजुरहरुले मितव्ययीताको नाममा करार र दिनगन्ती (दैनिक ज्यालादारी) मा काम गरिरहेका गरिब जनताको छोराछोरीलाई चाडबाडको मुखमा जागिरबाट निकाल्दै गर्दा मन्त्री – प्रधानमन्त्री लगायत देशका अन्य वरिष्ठतम् शासक प्रशासकज्यूहरुले ८ महिना काम गरेर दशैं भत्ता सहित १३ महिनाको तलब बुझ्ने विभेदकारी लुटेरा परम्परा यसपालीको राष्ट्रिय शोक र संकटको समयमा पनि किन जारी रह्यो ?´ सामाजिक संजाल फेसबुकमा साहले लेखेका छन् ।












