राजनीतिक पूर्वपदाधिकारीका सुविधा कटौती गर्न अर्थमन्त्रीको पहल – Sagarmathapana:: Online News Portal

राजनीतिक पूर्वपदाधिकारीका सुविधा कटौती गर्न अर्थमन्त्रीको पहल

   २०८२ आश्विन ११ गते  

काठमाडौं।अर्थमन्त्री रामेश्वर खनालले राजनीतिक तथा प्रशासनिक पूर्व पदाधिकारी लाई दिइँदै आएका विशेष सुविधा कटौती गर्ने पहल गरेका छन्। यसका लागि उनले गृह र रक्षा मन्त्रालयलाई आधिकारिक पत्राचार गरेर तत्काल सवारीसाधन, सुरक्षाकर्मी, जिन्सी सामान र अन्य सेवासुविधा फिर्ता गर्न निर्देशन दिएका छन्।


अर्थमन्त्री खनालको प्रस्तावमा मन्त्रिपरिषद्को असोज ५ गते बसेको बैठकले खर्च कटौती गर्ने निर्णय गरेको थियो। सो निर्णयअनुसार पूर्वराष्ट्रपति, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री लगायतलाई कानुनी व्यवस्था नभएकाले दिइँदै आएका भीआइपी सुविधा स्थगन गर्ने प्रक्रिया सुरु गरिएको हो।

सुविधा उपभोगका नाममा मन्त्रिपरिषद्को निर्णयमार्फत जथाभावीरूपमा सुविधा लिइँदै आएको भन्दै अर्थ मन्त्रालयले यसलाई रोक्न कदम चालेको जनाएको छ।

यससँगै सेना र प्रहरीका अवकाशप्राप्त हाकिमका घरमा कार्यरत सुरक्षाकर्मीहरू पनि फिर्ता हुने भएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै