सरकारले कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गर्‍यो – Sagarmathapana:: Online News Portal

सरकारले कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गर्‍यो

   २०८२ आश्विन १० गते  

काठमाडौँ।सरकारले सह-सचिव कृष्णप्रसाद काप्रीलाई सचिवमा बढुवा गरेको छ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक रहेका सह-सचिव काप्रीलाई सचिव पदमा पदोन्नति गर्ने निर्णय गरेको हो।

यसअघि बुधबार लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा बसेको सचिव बढुवा सिफारिस समितिको बैठकले काप्रीसहित बैकुण्ठ अर्याल र राजेन्द्र पौडेलको नाम सचिव पदका लागि सिफारिस गरेको थियो।

सरकारको निर्णयअनुसार अब काप्री सचिवको जिम्मेवारी सम्हाल्नेछन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै