हङकङमा सामाजिक कार्यकर्तामा नेपाली समुदायको प्रतिनिधित्व:अन्जु घिसिङको सक्रियता – Sagarmathapana:: Online News Portal

हङकङमा सामाजिक कार्यकर्तामा नेपाली समुदायको प्रतिनिधित्व:अन्जु घिसिङको सक्रियता

   २०८२ आश्विन १० गते  

हङकङ-हङकङको कुल जनसंख्याको करिब ८ प्रतिशत जातीय अल्पसंख्यक समुदायअन्तर्गत पर्दछन्। तर दर्ता भएका २७,३७३ सामाजिक कार्यकर्तामध्ये अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने संख्या भने जम्मा २१ जना मात्र छ।

यही सानो संख्यामा पनि नेपाली समुदायको तर्फबाट अन्जु घिसिङले सक्रिय भूमिका निर्वाह गर्दै आएकी छिन्।उनी हङकङ सामाजिक कार्यकर्ता संघ (Hong Kong Social Workers Association) अन्तर्गत जातीय अल्पसंख्यक समुदायलाई लक्षित गरी गठित समितिकी सदस्य हुन्।

अन्जु घिसिङ विशेषगरी मानसिक स्वास्थ्य, सामाजिक एकीकरण र सामुदायिक सहभागितामा ध्यान दिने गर्छिन्। उनले नेपाली, हिन्दी र उर्दू भाषी समुदायलाई भाषिक तथा सांस्कृतिक समस्याबाट उबरिन सहयोग गर्दै आएका छन्।

उनी भन्छिन्, “भाषा र संस्कृतिको कारण धेरैले सेवा पाउन कठिनाइ भोग्छन्। हाम्रो भूमिका भनेकै त्यस्ता अवरोधलाई सजिलो बनाउन हो।”

उनको सक्रियताले हङकङमा रहेका जातीय अल्पसंख्यकलाई सहज र आत्मविश्वासी बनाउँदै लगेको सामाजिक अभियन्ताहरूको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै