विदेशमा रहेका नेपालीलाई मतदान अधिकार दिने सम्भावनाबारे छलफल : प्रधानमन्त्री कार्की
काठमाडौं।प्रधानमन्त्री सुशीला कार्कीले रोजगारीका सिलसिलामा देशबाहिर रहेका नेपाली नागरिकलाई विदेशमै बसेर मतदान गर्न सक्ने व्यवस्था मिलाउने सम्भावनाबारे सरकार गम्भीरतापूर्वक छलफलमा रहेको बताएकी छन्।
बिहीबार राष्ट्रको नाममा गरिएको सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले यस विषयमा निर्वाचन आयोगसँग निरन्तर छलफल भइरहेको स्पष्ट पारिन्।
उनले भनिन्, “रोजगारीको सिलसिलामा देशबाहिर रहनुभएका नेपाली नागरिकलाई विदेशसमेत मतदान गर्न सक्ने सम्भावनाको बारेमा नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ।”
प्रधानमन्त्री कार्कीले यस कदमले लोकतान्त्रिक प्रक्रियामा विदेशमा रहेका लाखौँ नेपालीको सहभागिता सुनिश्चित हुने विश्वास व्यक्त गरिन्।












