कांग्रेसलाई सशक्त बनाउन जनतामाझ जानुपर्छ:नेता साउद – Sagarmathapana:: Online News Portal

कांग्रेसलाई सशक्त बनाउन जनतामाझ जानुपर्छ:नेता साउद

   २०८२ आश्विन ९ गते  

कञ्चनपुर-नेपाली कांग्रेसका नेता एनपी साउदले पार्टीलाई अझ क्रियाशील, सशक्त र आत्मविश्वासी बनाउन नेता, कार्यकर्ता र शुभेच्छुकलाई जनताको बीचमा सक्रियतापूर्वक जानुपर्ने बताएका छन्।

उनका अनुसार लोकतान्त्रिक आन्दोलनको मर्मलाई जनस्तरसम्म पु¥याएर मात्र कांग्रेसले आफ्नो राजनीतिक जिम्मेवारी पूरा गर्न सक्छ।

साउदले हालैको जेनजी आन्दोलनका क्रममा विद्यार्थी, युवा र सुरक्षाकर्मीको ज्यान गुम्नु दुःखद भएको उल्लेख गर्दै ऐतिहासिक सम्पदा, सार्वजनिक तथा निजी सम्पत्तिमाथि भएको तोडफोड, लुटपाट र आगजनीप्रति गम्भीर चिन्ता प्रकट गरे।

आगामी दशैँ, तिहार र छठ पर्वका अवसरमा उनले सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीमा नयाँ उमंग, आशा र शक्ति लिएर उत्सव मनाउन शुभकामना पनि व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै