प्रधानमन्त्री कार्कीको आज राष्ट्रका नाममा सम्बोधन
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा विशेष सम्बोधन गर्ने भएकी छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार बिहीबार दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने र त्यसपछि साँझ ६ बजे प्रधानमन्त्री कार्कीले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ।
कार्कीको सम्बोधनमा हालको राजनीतिक परिस्थिति, सरकारको प्राथमिकता र आगामी योजनाबारे ध्यान केन्द्रित हुने बताइएको छ। सम्बोधन राष्ट्रिय प्रसारणमार्फत प्रत्यक्ष प्रशारण गरिने तयारी भएको स्रोतले जानकारी दिएको छ।
यसअघि प्रधानमन्त्रीले मन्त्रिपरिषद्को बैठकमार्फत हालैका गतिविधि र नीतिगत विषयमा छलफल गर्ने कार्यक्रम समेत तय भएको छ।













