हङकङमा रागसा तुफान : नम्बर ८ सिग्नल जारी – Sagarmathapana:: Online News Portal

हङकङमा रागसा तुफान : नम्बर ८ सिग्नल जारी

   २०८२ आश्विन ८ गते  

हङकङ,२४सेप्टेम्बर२०२५(बुधबार)-हङकङObservatoryले आज साँझ ५:५० बजे जानकारी दिँदै तुफान “रागसा” चीनको ग्वाङ्डोङ प्रान्तस्थित याङ्जियाङमा स्थलगत भइसकेको र बिस्तारै हङकङ क्षेत्रबाट टाढा हुँदै गएको जनाएको छ। तर पनि स्थानीय हावा अझै बलियो रहेकाले हङकङमा नम्बर ८ ग्याल वा स्टर्म सिग्नल जारी नै रहेको छ।

हङकङ Observatoryका अनुसार, हावा क्रमशः कमजोर हुँदै गए पनि केही भागमा अझै ग्याल–स्तरको दक्षिण–पूर्वी हावा चलिरहेको छ भने समुद्रमा र उचाइमा स्टर्म–स्तर को हावा चलिरहेको छ। यो सिग्नल आज राति करिब ८ बजे सम्म कायम रहने अपेक्षा गरिएको छ। हावाको तीव्रता घटेपछि नम्बर ३ स्ट्रङ्ग विन्ड सिग्नल जारी गर्ने सम्भावना रहेको छ।

आज र भोलि अचानक वर्षा र मेघगर्जन हुने, प्रारम्भमा वर्षा भारी हुने, तथा समुद्रमा उच्च छाल र ठूलो लहर उठ्ने भएकाले सर्वसाधारणलाई सचेत रहन, समुद्री किनार वा पानीसँग सम्बन्धित गतिविधि नगर्न अनुरोध गरिएको छ।

पछिल्लो एक घण्टामा न्गोङ पिङ, चेउङ चाउ र ताप मुनमा क्रमशः ८७, ७६ र ६९ किलोमिटर प्रतिघण्टा स्थायी हावा र अधिकतम १३२, ८९ र ८९ किलोमिटर प्रतिघण्टा सम्मको झोक्का रेकर्ड गरिएको छ।

आपतकालीन सम्पर्क

पुलिस / फायर सर्भिस / एम्बुलेन्स :  ९९९

होम अफेयर्स डिपार्टमेण्ट २४ घण्टे इमर्जेन्सी हटलाइन :  २५७२ ८४२७

हङकङ नेपाली महासंघकी निवर्तमान अध्यक्ष तथा नेपाल क्लब हङकङकी अध्यक्ष रिता गुरुङ ले नेपाली समुदायलाई सचेत रहन, अनावश्यक बाहिर ननिस्कन र आफ्ना प्रियजनको सुरक्षामा ध्यान दिन आग्रह गर्नुभएको छ।

“सुरक्षा नै पहिलो प्राथमिकता हो, कृपया सतर्क रहनुहोस्,” गुरुङले भनिन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै