बालुवाटारमा दुई घण्टा बिताएर बाहिरिए मेयर बालेन
काठमाडौं।काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) सोमबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका छन्।
बालेन बिहान करिब ८ बजे प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न बालुवाटार पुगेका थिए। दुई घण्टा लामो भेटघाटपछि उनी साढे १० बजे बाहिरिएका छन्।
प्रधानमन्त्री कार्की र मेयर साहबीच के विषयमा छलफल भयो भन्नेबारे आधिकारिक रूपमा केही खुलाइएको छैन। तर, हालैको जेन-जि आन्दोलन र नयाँ सरकार गठन प्रक्रियामा मेयर साहको सक्रियता देखिएको पृष्ठभूमिमा बालुवाटार भेटलाई विशेष महत्वका साथ हेरिएको छ।
छलफलको विषय सार्वजनिक नभए पनि राजनीतिक वृत्तमा यसको अर्थबारे विभिन्न अड्कलबाजी भइरहेको छ।












