लायन्स र तँलाछि टोल सुधार समाजद्दारा आयोजित‘बृहत् मधुमेह र रक्तचाप जाँच शिविर’सम्पन्न – Sagarmathapana:: Online News Portal

लायन्स र तँलाछि टोल सुधार समाजद्दारा आयोजित‘बृहत् मधुमेह र रक्तचाप जाँच शिविर’सम्पन्न

   २०८२ आश्विन ७ गते  

काठमाडौं।विजयादशमी (बडा दशैं)तथा शुभ दीपावली (तिहार)को समयमा उच्च रक्तचाप र मधुमेहको उतारचढाव हुने प्रबल सम्भावना भएको हुनाले लायन्स जोन २४ अन्तर्गतका क्लबहरु र तँलाछि टोल सुधार समाजको संयुक्त आयोजनामा काठमाडौंको काठमाडौं महानगरपालिका वडा नम्बर -२५ का स्थानीयहरुको ‘ बृहत् मधुमेह र रक्तचाप जाँच शिविर ’ सम्पन्न भएको छ ।


चाडपर्वको अवसरमा सो कार्यक्रम लायन्स / लियो क्लब अफ काठमाडौं ब्लडहुड, लायन्स क्लब अफ काठमाडौं ग्रिन टाउन, लायन्स क्लब अफ काठमाडौं सेक्रेड भ्याली र लायन्स क्लब अफ काठमाडौं मेट्रो होमको संयुक्त आयोजनामा र तँलाछि टोल सुधार समाजको आयोजनामा भएको हो । उक्त शिविर कार्यक्रम संयोजक जिवेश श्रेष्ठको अनुसार यस समाजबाट विभिन्न कार्यक्रम गर्दै आएको र भविष्यमा पनि यस कार्यक्रमलाई निरन्तरता दिने जानकारी गराए । काठमाडौं महानगरपालिका वडा -२५, तँलाछिस्थित तँलाछि टोल सुधार समाजबाट १ सय १ जना स्थानीयहरुको नि:शुल्क मधुमेह र रक्तचाप जाँच गरिएको छ । उक्त शिविरमा उल्लेख्य स्थानीयहरुको सहभागी भइ कार्यक्रम सफलता पुर्वक सम्पन्न भएको छ ।

उक्त शिविर ‌कार्यक्रममा लायन्स क्लब अन्तरास्ट्रिय डिस्ट्रिक ३२५ ‘ के ’ आइडल चिफ लायन् सुरेन्द्र श्रेष्ठ, चिफ एड्भाइजर लायन् मुना थापा, एरिया लिडर लायन् चूडामणि सिलवाल, GMT कोर्डिनेटर लायन् गणेश जि.सी., लायन्स इन्टरनेशनल ३२५ ‘ के ’ का डिर्पाटमेन्ट को चिफ लायन् राजेन्द्र महर्जन, लायन्स इन्टरनेशनल ३२५ ‘ के ’ का डिस्ट्रीक AOG लायन् मचाकाजी महर्जन, डिस्ट्रिक चियरपर्सन लायन् धुर्ब प्रसाद घिमिरे, लियो क्लब अफ काठमाडौं ब्लडहुडका संस्थापक अध्यक्ष लायन् हिना सिंह, ब्लडहुड अध्यक्ष लायन् विकेश श्रेष्ठ साथै विभिन्न संघ / संस्थाको पदाधिकारीहरुको उपस्थिति रहेको थियो । उक्त शिविर ‌कार्यक्रममा तँलाछि टोल सुधार समाजका कोषाध्यक्ष सन्नी महर्जनले समाजबाट हरेक महिनाको पहिलो शनिबार सामाजिक कार्यक्रम गर्दै आएको र लायन्सबाट समय – समय सहकार्य गर्दै आएको बताए । महर्जनले लायन्सहरुको समूहले यस्ता कार्यक्रमहरु गर्दै आएकोले धेरै नै खुसी रहेको पनि बताए ।

त्यस्तै, उक्त शिविर ‌कार्यक्रममा ब्लडहुडका संस्थापक अध्यक्ष राजिब श्रेष्ठ र जोन २४ का जोन चियरपर्सनका अनुसार अप्ठयारोमा परेकाहरुलाई सहयोग गर्ने उद्देश्यले लायन्स र समाजको संयुक्त आयोजनामा कार्यक्रम गरी १ सय १ जनालाई सेवा प्रदान गरेर पाटन अस्पतालका डाक्टर सन्जय मर्हजनबाट सबै सहभागीहरुलाई रोग तथा विभिन्नको जानकारी गरी सबैको अमूल्य योगदान रहेको बताए । जोन चियरपर्सन राजिब श्रेष्ठले यस्ता कार्यक्रमले युवाहरुमा हौसला प्रदान गरेको र आफूहरुले पनि समाजमा केही सकारत्मक कार्य गर्न हौसला मिलेको बताए ।

लायन्स क्लब अफ काठमाडौं ब्लडहुडका भुपु अध्यक्ष र डिपार्टमेन्ट को चिफ लायन् राजेन्द्र महर्जनले सम्पूर्ण उपस्थित सहभागीहरु, कर्मशील तथा मेहेनती युवाहरु तथा विभिन्न संघ / संस्थाका पदाधिकारीहरुलाई र तँलाछि टोल सुधार समाजका परिवारलाई धन्यवाद दिदैँ आगामी दिनमा पनि यस्तै कार्यक्रमहरु लिएर आउने बताए ।

निराज रानाभाट,

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै