प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग, जेनजी आन्दोलन फेरि सडकमा उत्रने चेतावनी – Sagarmathapana:: Online News Portal

प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको माग, जेनजी आन्दोलन फेरि सडकमा उत्रने चेतावनी

   २०८२ आश्विन ७ गते  

काठमाडौं।जेनजी आन्दोलनका अगुवा मिराज ढुंगानाले संविधान संशोधन गरेरै भए पनि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था तत्काल गर्नुपर्ने चेतावनी दिएका छन्।

उनले सोमबार पत्रकारहरूसँग कुरा गर्दै भने, “हाम्रो माग एकै छ— प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख। यो नआए, हामीले बनाएको यही सरकारविरुद्ध फेरि सडकमा उत्रिनुपर्छ भन्ने अवस्था आउँछ। हामी तयार छौं।”

ढुंगानाले हालको संसदीय प्रणालीले जनताको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न नसकेको दाबी गर्दै कार्यकारी प्रमुखलाई जनताले नै रोज्ने प्रणालीले मात्र राजनीतिक स्थायित्व र जवाफदेहिताको मार्ग खुल्ने बताए।

उनले आन्दोलनलाई अहिलेसम्मको सबैभन्दा निर्णायक चरणमा प्रवेश गरिरहेको भन्दै राजनीतिक दललाई जनमतको दबाब बुझ्न आग्रह गरे।

विशेषज्ञहरूले भने यस्तो मागबारे गम्भीर छलफल आवश्यक रहेको बताउँदै संविधान संशोधन प्रक्रियामा दलहरूको सहमति प्रमुख चुनौती हुने टिप्पणी गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै