रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, निर्वाचन रणनीति प्रमुख एजेन्डा – Sagarmathapana:: Online News Portal

रास्वपाको केन्द्रीय समिति बैठक आज बस्दै, निर्वाचन रणनीति प्रमुख एजेन्डा

   २०८२ आश्विन ७ गते  

काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज (सोमबार) बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्ने भएको छ।

बैठकमा समसामयिक राजनीतिक अवस्था र पार्टीको आगामी रणनीति सम्बन्धी विषय प्रमुख एजेन्डा रहने पार्टीले जनाएको छ। प्रदेशस्तरीय बैठकबाट संकलित प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको रास्वपाले जनाएको छ।

बैठकमा केन्द्रीय सदस्यहरूको धारणा, संगठन विस्तार, विभागीय संरचना पुनःव्यवस्था र आगामी प्रतिनिधिसभा निर्वाचनका लागि रणनीतिक तयारीबारे छलफल हुनेछ। साथै, पार्टीको पहिलो ऐतिहासिक महाधिवेशनबारे विस्तृत कार्ययोजना पनि प्रस्तुत हुने अपेक्षा गरिएको छ।

पार्टीका अनुसार बैठकमा समावेश प्रमुख एजेन्डा यस्ता छन्:

  • समसामयिक अवस्था र बैठकबारे छलफल
  • प्रदेश बैठकहरूको प्रतिवेदन प्रस्तुति
  • परिवर्तित अवस्थामा केन्द्रीय सदस्यहरूको धारणा
  • पार्टी संगठन तथा विभागसम्बन्धी विषय
  • आगामी प्रतिनिधिसभा निर्वाचन रणनीति
  • पार्टीको महाधिवेशन तयारी
  • विविध विषयमा छलफल

बैठकबाट पार्टीले आगामी दिनका लागि ठोस नीतिगत दिशा तय गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै