मन्त्री नभन्नु, बरु कबाडी वैज्ञानिकमन्त्री भन्नु’:महावीर पुन – Sagarmathapana:: Online News Portal

मन्त्री नभन्नु, बरु कबाडी वैज्ञानिकमन्त्री भन्नु’:महावीर पुन

   २०८२ आश्विन ६ गते  

काठमाडौं।आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले आफूलाई कसैले पनि मन्त्री नभन्न आग्रह गरेका छन्। सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले मन्त्री भनेर शुभकामना दिन वा खादा-माला लिएर बधाई दिन नआउन अनुरोध गरेका हुन्।

उनले भने, “कसैले पनि लौ बधाई छ भनेर फोन नगर्नु होला र बधाई दिन खादा माला लिएर नआउनु होला। बरु शिक्षा, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच महिनाभित्र गर्न सकिने ठोस काम र आईडिया छ भने मेरो WhatsApp मा पठाउनु होला।”

पुनले आफूलाई ‘मन्त्री’ भन्नु भन्दा पनि ‘कबाडी वैज्ञानिकमन्त्री’ भन्न मन पर्ने बताए। उनका अनुसार पद वा हैसियतभन्दा काम प्राथमिक हो, त्यसैले जनताले ठोस सुझाव दिनुपर्ने बेला आएको छ।

पुन विगत लामो समयदेखि ग्रामीण भेगमा प्रविधि, स्वास्थ्य र नवप्रवर्तनमार्फत सामाजिक परिवर्तनका अभियान सञ्चालन गर्दै आएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै