सूर्यबहादुर बुढाथोकी नेपाल फुलकन्ट्याक्ट कराते महासंघको अध्यक्षमा निर्विरोध निर्वाचित
काठमाडौं।नेपाल फुलकन्ट्याक्ट कराते महासंघको निर्वाचनले सूर्यबहादुर बुढाथोकीलाई अध्यक्षमा निर्विरोध चयन गरेको छ। शनिबार कीर्तिपुरमा सम्पन्न साधारण सभाबाट २२ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो।
नवगठित कार्यसमितिमा —
वरिष्ठ उपाध्यक्ष : प्रेमबहादुर तामाङ
उपाध्यक्षहरू : राजु तुलाधर, धनबहादुर तामाङ, नन्दाकुमार किराती
महासचिव : प्रेमनाथ श्रेष्ठ
सचिव : राजीव खड्का
कोषाध्यक्ष : वीरकृष्ण महर्जन

त्यस्तै सदस्यमा अमिर ओड, कमला घर्ती, याङशु श्रेष्ठ, जगतबहादुर धामी, पवन मगर, हितबहादुर मोक्तान, अनिल श्रेष्ठ, सूर्यकुमार कार्की, वीरेन्द्र चन्द, विवेककुमार दाहाल, रामहरि खड्का, हर्कबहादुर तामाङ र सागर विष्ट चयन भएका छन्।
साधारण सभापछि बसेको पहिलो बैठकले कल्पना आचार्य, रमेश तामाङ र मिनबहादुर शाहीलाई उपाध्यक्षमा मनोनीत गरेको छ भने गौतम शाह र शक्ति जमुना शाहलाई सदस्यको जिम्मेवारी दिएको छ।
नवनिर्वाचित पदाधिकारीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य जगतसिंह धामी, प्रमुख निर्वाचन अधिकृत सरोजकुमार पोखरेललगायतले प्रमाणपत्र प्रदान गरे।
यसअघि राखेपका सदस्य–सचिव टंकलाल घिसिङले सभाको उद्घाटन गरेका थिए।













